पोखराबाट स्कुटर चोरी गरी प्यूूठान पुु¥याएका बुढाथोकी पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराबाट स्कुटर चोरी प्युुठान पुु¥याएको आरोपमा प्युुठान नौबहिनीका रेकम बुढाथोकीलाई प्युुठानबाट पक्राउ गरी कास्की ल्याइएको छ ।जेठको २ गते पोखराको नयाबजारबाट पार्किङमा राखेको ग १५ २४७५ नम्बरको स्कुटर जिल्ला प्रहरी कार्यालय प्युठानको टोलीले जेठ १० गते प्युुठानका रेकम बुढाथोकीको साथबाट नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

प्युठानबाट पक्राउ परेका बुढाथोकीलाई कास्की प्रहरीले चोरी तथा डांका सम्बन्धी कुसरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी वढाइएको समेत प्रहरी प्रवक्ता शर्माले जानकारी दिए ।

त्यसैगरी कास्की प्रहरीले गांजा सहित एक महिलालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पोखरा १० बाट गाँजा सहित धादिङ ज्वालामुखी ७ घर भइ पोखरा ५ पस्याङ बस्ने २२ वर्षिय बासना गुरुङलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी गुुरुङलाई लागु ओषध मुद्धामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

  • ११ जेष्ठ २०८१, शुक्रबार २२:३२ प्रकाशित