कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् । लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन् ।

विधानतः ४६ सदस्यीय हुने कार्यसम्पादन समिति देउवाले २०७८ को माघमा ३७ सदस्यीय बनाएका थिए ।

  • १० जेष्ठ २०८१, बिहीबार १३:४७ प्रकाशित