कोइलीका थप सुविधासहितका बसहरु सञ्चालनमा

केन्द्रभाग मिडिया

कोइलीका थप सुविधासहितका बसहरु सञ्चालनमा

पोखरा ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तर्गत रहेका व्यवसायीहरुले प्रतिस्पर्धात्मक ढंगले एकपछि अर्कोगर्दै सुविधा सम्पन्न यात्रुबहाक बस थप्ने क्रमलाई तिव्रता दिएका छन् । यसैक्रममा देशकै पर्यटकीय राजधानी सहर पोखराबाट बिगत तीन वर्षदेखि निरन्तर पोखरा देखि भक्तपुर र भक्तपुर देखि पोखरासम्म स्तरीय सिल्पर बस मार्फत रात्रिकालिन र दिवाकालिन स्तरीय बससेवा दिइरहेको कोइली ट्राभल्सले आफ्नो तेस्रो संस्करणको सेवा थपेको छ ।

तेस्रो संस्करणमा थप सुविधासहितका बसहरु सञ्चालनमा ल्याइएको कोइली ट्राभल्सका सञ्चालक मेघराज त्रिपाठीले जानकारी दिए । उनका अनुसार थप गरिएका सुविधासम्पन्न पर्यटकीय बस हरेक दिन हेमजाबाट साँझ ७ बजे छुट्ने र काठमाडौं भक्तपुर हुँदै बनेपासम्म सेवा दिने जानकारी दिए । थप गरिएको रात्रिबसमा वासरुमसहितको सुविधा रहेका जानकारी दिए । पर्यटकले स्तरीय बसबाट दिने सेवा रुचाएकाले यस प्रकारको बस सञ्चालनमा उनले बताए । बसमा १० जनाले सुतेर यात्रा गर्न पाउने छन् भने २१ वटा सोफासहितको सुविधायुक्त सिट रहेका छन् । यात्रुले खाजा र पानीसहितको सुविधा प्राप्त गर्ने छन् । थप गरिएका एउटै बसको १ करोड २० लाख भन्दा धेरै लागत रहेको सञ्चालक त्रिपाठीले बताएका छन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका निवर्तमान अध्यक्ष योगेन्द्र बहादुर केसीले यात्रुलाई सवारीसाधनमा चढाएपछि गन्तव्यसम्म सुरक्षित रुपमा सुविधासम्पन्न सवारी साधन मार्फत पुर्याउन स्तरीय सवारी साधन उपलब्ध रहेको बताए । देशमा भएका पछिल्ला ठूला बाढीपहिरो र जनधनको क्षति स्मरण गरेका उनले व्यवसायीले यस्तो बेलामा पनि यात्रुको सुविधालाई ध्यान दिएर लगानी थपिरहेको सुनाए । उनले भाविष्यको आशामा लगानीकर्ता रहेको समेत सुनाए ।

 

  • २८ आश्विन २०८३, बुधबार २३:०८ प्रकाशित