पोखराको रत्नचोकबाट जुुवातास खेल्ने ६ पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की प्रहरीले पोखराको रत्नचोकबाट जुुवातास खेलिरहेका ७ जनालाई तीन बुक तास र नगद १५ हजार २ सय २५ सहित पक्राउ गरेको छ । प्रहरीले शनिवार सांझ ८ बजे रत्नचोकका अर्जुुन कुमार श्रेष्ठको घरकोठामा जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा ७ बस्ने ४४ वर्षिय अर्जुन कुमार श्रेष्ठ, सोही ठाँउकै ६३ वर्षिय शिव बहादुर बि.क., सोही ठाँउकै ५२ वर्षिय बसन्त केसी, ३६वर्षिय बसन्त लामा, ४५ वर्षिय कृष्ण रावत र ५६वर्षिय गोकर्ण श्रेष्ठ रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका ६ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर( जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने सम्बन्धी मुद्धामा ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

  • ६ जेष्ठ २०८१, आईतवार २२:११ प्रकाशित