२ सय ६१ एम्पुल लागू औषध सहित तीन पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की प्रहरीले २ सय ६१ एम्पुल लागूू औषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ११ रामघाटका धन बहादुर गौतम, ललितपुर घर भइ हाल पोखरा ९ बस्ने सन्दिप मिजार र पोखरा १४ का नितेश लामा रहेका छन ।

पोखरा ११ रामघाटमा लागू औषध खरिद बिक्री भइरहेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले खेजतलास गर्दै जाँदा पोखरा ११ रामघाट बस्ने ३६वर्षिय धन बहादुर गौतम, ललितपुर घर भइ हाल पोखरा ९ बस्ने २७ वर्षिय सन्दिप मिजार र पोखरा १४ का १८ वर्षिय नितेश लामालाई लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्तराज शर्माले जानकारी दिए ।

शर्माका अनुसार पक्राउ परेका नितेश र सन्दिपकोे साथबाट लागू औषध नुर्फिन ८७ एम्पुल, डाईजेपाम ८७ एम्पुल र फेनेरागन ८७ एम्पुल, गरी जम्मा २ सय ६१ एम्पुल लागू औषध र दुइथान मोबाइल बरामद गरिएको हो । पक्राउ परेका तीन जनालाई जिल्ला अदालत कास्कीबाट लागू औषध सम्बन्धी १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी वढाइएको समेत प्रवक्ता शर्माले जानकारी दिए ।

  • ६ जेष्ठ २०८१, आईतवार २१:२७ प्रकाशित