जिल्ला स्तरीय पाँच किमी छात्र/छात्रा सडक दौड प्रतियोगिताको तयारी पुरा

केन्द्रभाग मिडिया

पोखरा ।
स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा हीरक महोत्सव वर्ष मनाइरहेको राष्ट्रिय मा.वि. पोखरा १ पुरानो टुंडिखेलले आयोजना गरेको जिल्ला स्तरीय पाँच किमी छात्र/छात्रा सडक दौड प्रतियोगिता पुरा भएको छ ।
शनिवार बिहान साढे ६ बजे शुरु हुने हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको विद्यालय परिवारले जनाएको छ ।

उक्त प्रतियोगितामा कास्की जिल्लाका४४ विद्यालयका ६ सय १४ छात्र र २ सय ५४ छात्राहरु गरी ८ सय ६८ जना प्रतियोगिहरु सहभागी रहने हीरक महोत्सव खेलकुद उपसमितिका संयोजक पूर्व विद्यार्थी तेज बहादुर गुरुङले जानकारी दिए ।

दौडमा छात्र छात्रा दुवैतर्फ प्रथम हुनेले नगद ७ हजार, पदक र प्रमाणपत्र, द्धितिय हुनेले नगद ५ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन ।
राष्ट्रिय मा.वि.को प्राङगण हरिचोकबाट शुरु हुने दौड प्रतियोगिता हरिचोकबाट बिन्दबासिनी मन्दिर, बाग्लुङ बसपार्क, भिमसेन मन्दिर, ज्ञानभुमि स्कुल, बालमन्दिर मावि, पिएन क्याम्पस, भीमकालीपाटन हुदै सिमपानीचोक पुगेर पुन हरिचोकमा पुग्नुपर्नेछ ।

  • २८ बैशाख २०८१, शुक्रबार २०:१३ प्रकाशित