रुखको हाँगा काट्दा पाँच हजार जरिवाना

केन्द्रभाग मिडिया

ललितपुर ।

ललितपुर महानगरपालिकाले भैँसेपाटीको एक मासु पसललाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । सडक छेउमा रोपेको रुखको हाँगा काटेर बाख्रालाई खुवाएको पाइएपछि महानगरपालिकाले जरिवानाबापत पाँच हजार जरिवाना तिराएको हो ।

महानगर प्रहरी गस्तीमा हिँडिरहेको अवस्थामा रुखको हाँगा काटेर बाख्रालाई खुवाएको देखेपछि जरिवाना तिराइएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

  • २८ बैशाख २०८१, शुक्रबार १६:३४ प्रकाशित