‘रक क्लाइम्बिङ’ गर्दा लडेर घाईते युवकको ज्यान गयो

केन्द्रभाग मिडिया

खोटाङ ।

‘रक क्लाइम्बिङ’ गर्दा लडेर घाईते भएका युवकको ज्यान गएको छ ।

साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मा निवासी ३५ वर्षीय सूचन राई लडेर गम्भीर घाईते भएका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङस्थित मझुवागढी भीरमा रक क्लाइम्बिङ गर्दैगर्दा लडेर गम्भीर घाइते बनेका सूचनको उपचारको क्रममा बिहीबार साँझ ज्यान गएको हो ।

भीरबाट लडेपछि उपचारका लागि बेलुकी ६ बजेर ३० मिनेटको समयमा जिल्ला अस्पताल खोटाङ पुर्‍याइएका सूचनलाई चिकित्सकले ७ बजेर ४० मिनेटतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

  • २८ बैशाख २०८१, शुक्रबार १५:५३ प्रकाशित