गाउँपालिकाको भवन उदघाटन गर्न प्रधानमन्त्री जाने भएपछि पालिकाभर बिदा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गाउँपालिकाको भवन उदघाटन गर्न सल्यान जाँदै छन् ।

दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सल्यान प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आउँदा दार्मा गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरुमा बिदा दिइएको जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन र पालिकाको भवन नजिक पर्ने शहीद गेटमा माल्यार्पणको कार्यक्रम छ ।

सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे ११ बजे सल्यान पुग्ने छन् ।गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा सल्यानको सबैभन्दा धेरै दार्मा गाउँपालिका प्रभावित भएको थियो ।

  • २८ बैशाख २०८१, शुक्रबार ०९:५९ प्रकाशित