आज साँझदेखि भारतीय सीमा नाका बन्द हुने

केन्द्रभाग मिडिया

धनगढी । भारतमा भइरहेको लोकसभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द हुने भएका छन् ।

भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।

जोशीले सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने बताए ।नेपाल र भारतमा चुनाव हुँदा ७२ घण्टा अघिदेखि नै सीमा नाका बन्द गर्ने गरिएको छ ।

  • २८ बैशाख २०८१, शुक्रबार ०९:४४ प्रकाशित