करिब एक करोड रकमसहित दुई हुन्डी कारोबारी पक्राउ

केन्द्रभाग मिडिया

simbolic photo

काठमाडौँ ।

काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् ।दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा हुन्डी कारोबारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरु सुन कारोबारमा पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको बताइएको छ ।

  • २८ बैशाख २०८१, शुक्रबार ०८:४५ प्रकाशित