आज कस्तो छ डलरको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा रहेको छ ।

पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०२ पैसा रहेको छ ।यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २१ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८ रुपैयाँ ६७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १४ पैसा र बिक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ ।

  • २६ बैशाख २०८१, बुधबार १०:२९ प्रकाशित