कुटपिट गरि फरार पोखरा तालचोकस्थित सातताल दोहोरी साँझका सञ्चालक सुनिल पक्राउ

केन्द्रभाग मिडिया

पोखरा।

पोखरामा कुटपिट गरि फरार भएका दोहोरी साँझका सञ्चालक पक्राउ परेका छन् ।

यही वैशाख २२ गते आफ्नो दोहोरी साँझमा गएका ग्राहक तेजबहादुर गुरुङलाई कुटपिट गरि फरार भएका पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित रहेको सातताल दोहोरी साँझका सञ्चालक सुनिल बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३२ बडहरे स्थायी घर भई हाल सोही वडा नम्बर २७ तालचोक बस्ने ३२ वर्षीय सुनिललाई कुटपिट गरी गम्भीर घाईते बनाई फरार भएको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

२२ गते राती ११ बजे कुटपिट गरि फरार भएका सुनिललाई ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाको नाकबाट खटिएको प्रहरीले वैशाख २४ गते तालचोकबाटै पक्राउ गरेको प्रहरीले बताएको छ । उनी माथि ज्यान मार्ने उद्योग मुद्धामा आठ दिन म्यादथप गरि अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरीले बताएको छ ।

  • २६ बैशाख २०८१, बुधबार ०९:५२ प्रकाशित