महिलालाई आत्मनिर्भर बनाउन पोखरा-१२ मा विविध कार्यक्रम

केन्द्रभाग मिडिया

 

पोखरा ।
पोखरा महानगरपालिका-१२ नम्बर वडाले महिलालाई आत्मनिर्भर बनाउने विविध कार्यक्रम जारी राखेको छ । वडाले सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर तालिम देखि पछिल्लो समय बाद्यबादन तालिमसम्म संचालन गरेको वडाध्यक्ष सन्तोस बास्तोलाले जानकारी दिए ।

कार्यालयले महिलाहरुको लागि २१ चैत देखि २२ बैशाखसम्म एक महिने बाद्यबादन कार्यक्रम सम्पन्न गरेको छ । वडाध्यक्ष बास्तोलाका अनुसार महिलालाई लक्षित गरेर एक महिनासम्म मादल, खैजडी, मुजुरा लगायतका बाद्यबादनका कार्यक्रम संचालन गरिएको हो ।

वडाका महिलालाई सीप सिकाएर आत्मनिर्भर गराउन सहयोग पुग्ने लक्षका साथ कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा भित्रका महिला दिदिबहिनीको उत्साहजनक सहभागीता रहेको छ । ‘कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले आमा समूहलाई वाद्यवादन सामग्री प्रदान गरिएको हो, उनले भने ।

तालिममा वडाका ३७ जना दिदिबहिनी सहभागीता रहेको थियो । पोखरा १२ नम्बर वडाका १८ वटा आमा समुहका प्रतिनिधिलाई वडाले छुट्याएको एक लाख ५० हजार बजेटबाट मादल, मुजुरा तथा खैजडी बजाउन सिकाउने तालिम दिइएको हो । यस्ता खालला कार्यक्रमले फुर्सदिला महिलालाई सीप सिकेर आर्थिकस्तर उकास्न सहयोग पुग्ने सहभागी बिष्णु माया पौडेलले बताइन् ।

सीप सिकेका महिलालाई बिबाह, ब्रतबन्ध एबम छरछिमेकमा हुने विभिन्न किसिमका सांस्कृतिक कार्यक्रममा सहभागीता जनाउन सहयोग पुग्ने कार्यक्रम संयोजक एबम वडा सदस्य शान्ति कोइरालाले बताइन ।

  • २६ बैशाख २०८१, बुधबार ०९:३८ प्रकाशित