चट्याङ लागेर बालकको ज्यान गयो, ३ घाइते

केन्द्रभाग मिडिया

अछाम ।

अछाममा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारी हुन् ।

सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिए ।

यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका ३ जना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।

  • २५ बैशाख २०८१, मंगलवार ०९:३८ प्रकाशित