पोखरामा पर्यटकलाई दुख दिने लेकसाइडका पाँच पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पर्यटकीय शहर पोखराको विभिन्न स्थानमा पर्यटकहरुलाई दुख हैरानी दिने पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुकी ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराको जिरो किलो मिटर, लेकसाइड हल्लनचोक क्षेत्रमा सर्वसाधरण नागरिक तथा विदेशी पर्यटकहरुलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरु तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दुःख हैरानी दिने लेकसाइड क्षेत्रका पाँच जनालाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार पक्राउ पर्नेमा पोखरा ६ डिहिकोपाटन बस्ने २६ वर्षिय सन्तोष श्रेष्ठ, पोखरा ६ लालुपाते मार्ग बस्ने २५ वर्षिय मिन प्रसाद पौडेल, सोही ठांउकै ३१ वर्षिय धनदेउ क्षेत्री, पोखरा ६ खहरेचोकका २५ वर्षिय शुसान्त क्षेत्री र पोखरा ६ हल्लनचोक बस्ने २५ वर्षिय अमित भण्डारी रहेका छन । पक्राउ परेका पाँच जनालाई सार्वजनिक हित, स्वास्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रवक्ता शर्माले जानकारी दिए ।

  • २४ बैशाख २०८१, सोमबार २२:३० प्रकाशित