साईवर अपराध सम्वन्धि सचेतना मुलक कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा साईवर अपराध सम्वन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र बगरले माछापुच्छ«े गाँउपालिका–२ स्थित माछापुच्छ«े माविमा साईवर अपराध सम्बन्धि सचेतना मुलक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा माछापुच्छ«े माविमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थी सहित अभिभाक गरी १ सय ५० जनाको सहभागिता रहेको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका सामुदायिक शाखा प्रमुख वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहाले सहजिकरण गरेका थिए ।

कार्यक्रममा साईवर अपराधको परिचय, साईवर अपराधका प्रकार, किशोर अवस्थामा संभावित जोखिमहरु, साईबर अपराध सम्बन्धी कानुनी ब्यवस्था, उजुरी निवेदन तथा जाहेरी, ईन्टरनेट तथा सामाजिक सञ्‍जालको दुरुपयोग गरेमा हुने सजायँ, कास्की जिल्लामा आएका साईवर सम्बन्धी समस्याहरुका वारेमा जानकारी गराइएको थियो ।

माछापुच्छ«े माविका प्राचार्य सन्तोष आचार्यले विद्यार्थीका लागि प्रशिक्षण कार्यक्रम फलदायी भएको बताए । कार्यक्रम संयोजक कमल प्रसाद बास्तोलाले कार्यक्रमका विषयमा प्रकाश पारेका थिए ।

  • २४ बैशाख २०८१, सोमबार १७:०१ प्रकाशित