उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

केन्द्रभाग मिडिया

पोखरा ।

आठौँ पोखरा स्पोर्टस अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो ।

छैटौँ सस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल संघ वा क्लब मध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्नसफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।

अवार्ड पाउन सफल सहारा क्लबको स्थापना २०५५ भाद्र ३० गते पोखरामा भएको हो । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवामा सेवा गरौं’ मन्त्रका साथ स्थापित क्लब विदेशसम्म फैलिएको छ ।

स्थापनादेखि निरन्तर यो क्लब खेलकुद र सामाजिक कार्यमा क्रियाशिल रहेको छ । २०५६ मा पृथ्वीचोकमा सार्वजनिक शौचालय निमार्ण गरेर सामाजिक कार्यको सुरुवात गरेको क्लबले २०५७ मा सहारा कप क्लब स्तरिय लिग कम नकआउट फुटबल प्रतियोगिता संचालन गरेको थियो ।

२०५८ सालमा ड्रिम प्रोजेक्टको रुपमा फुटबल एकेडेमी संचालन ग¥यो । एकेडेमीका लागि २०६३ सालमा पोखरा १७ दोविल्लामा २६ रोपनी जग्गा खरिद गरि २०६९ सालमा फुटबल मैदान सँगै भवन निमार्ण सम्पन्न गरेको थियो । अहिले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी मार्फत क्लबले अनाथ तथा असाहय बालकलाई पालनपोषणका साथमा फुटबल समेत सिकाउँदै आइरहेको छ ।

२०६५ सालमा फिफाले सहारा एकेडेमीको डकुमेन्ट्री बनाएको थियो । जुन डकुमेन्ट्री फिफा फुटबल अन्र्तगत विश्वको अग्र स्थानमा परेपछि विविसि, इएसपीएन, स्टार स्पोट्र्स, टेन स्पोट्र्सले समेत प्रसारण गरेका थिए । यसबाट समेत क्लबको चर्चा विश्वभर फैलिएको थियो ।

२०५८ सालमा क्याराभान गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको क्लबले त्यसपछि प्रत्येक वर्ष अन्तर क्लब आमन्त्रीत आहा रारा फुटबल प्रतियोगिता आयोजना गदै आएको छ । गतवर्ष २३ औँ संस्करणको प्रतियोगिता सम्पन्न गरेको थियो ।

पोखरा तथा यस आसपासमा फुटबल खेलतर्फको रौनकता बढाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । असहज समयमा समेत यस प्रतियोतालाई निरन्तरता दिएको कारण क्लबले फुटबल खेलको क्षेत्रमा अब्बल क्लबको रुपमा आफूलाई स्थापित समेत गर्न सफल भएको छ ।

सहाराले खेल क्षेत्रमा काम गदै आएका पत्रकारहरुको हौसला बढाउन २०६३ सालबाट सहारा खेलकुद पत्रकारिता पुरस्कार वितरण गदै आएको छ ।

२०७२ सालको भुकम्प पछि सहारा युके, सहारा हङकङ, अरुण फाउण्डेशन सँगको समन्वयमा गोरखाको घैरुङस्थित श्री गणेश प्राविमा आठ कोठे भवन, सिन्धुपाल्चोक हैबुङस्थित श्री हैबुङ महादेवस्थान माविमा पाँचकोठे भवन र कास्कीको सिदिङस्थित सरस्वती आधारभुत विद्यालयमा पुननिमार्णको लागि सहयोग समेत गरेको थियो ।

यसका अलावा थुप्रै सामाजिक कार्य र खेल गतिविधिका कारण क्लबले आफ्नो ओज बढाएको छ । यहीं वैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने भव्य कार्यक्रममा अवार्ड अर्पण गरिनेछ ।

अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबसँगै, वर्ष उत्कृष्ट प्रशिक्षक, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए ।

मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ ।

प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेको छ ।

  • २४ बैशाख २०८१, सोमबार ०९:१७ प्रकाशित