पोखराको हर्पन खोलामा पौडी खेल्दा डुबेका बालकको शव भेटियो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका १८ खपौदीस्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता एक बालकको शव भेटिएको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले करिब एक घण्टासम्म खोजेर शव निकालेको हो ।पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने अन्दाजी १४/१५ वर्षका सोनम सुवेदी आइतबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका थिए ।

सुवेदी बेपत्ता भएपछि उनीसँगै पौडी खेल्न गएका अर्का बालकले स्थानीयमार्फत सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए ।दिउँसो साढे १ मा बालक डुबेको खबर प्रहरीमा पुगेको थियो ।

खबर पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल नं।२४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले साढे २ बजेतिर शव निकालेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

  • २३ बैशाख २०८१, आईतवार १६:४८ प्रकाशित