जबरजस्ती करणीमा सजाय फैसला भई फरार स्याङ्जाका पुर्ण पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

जबरजस्ती करणीमा सजाय फैसला भएका फरार एक व्यक्ति पक्राउ परेका छन् ।

स्याङ्जा चापाकोट नगरपालिका वडा नंम्बर ७ स्थायी घर भई हाल जिल्ला पोखरा महानगरपालिका वडा नंम्बर १५ क्रान्तिटोल बस्ने वर्ष ३७ का पुर्ण बहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पूर्णले २०७१ असार ६ गते साँझ अन्दाजी साढे ८ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर १५ शिवशक्ति चोक स्थित क्रान्तिकारी टोल नजिकै वर्ष ४२ की एक जना महिलालाई ४ जना पुरुषहरुले बाटो छेकी, घेराबन्दीमा पारी, मुख थुनी, ज्यान मार्ने सम्मको धाकधम्की समेत दिई सामुहिक जबरजस्ती करणी गरेको जाहेरी परेको थियो ।

सो मुद्धामा २०७९ कार्तिक २३ गतेको फैसलाले ११ वर्ष कैद सजाय, २५ हजार जरिवाना र थप २ हजार २ सय पिडित राहत कोषमा जम्मा गर्ने फैसला भएकोमा उनी फरार रहेका थिए ।

उनी आज बिहान ८ बजेको समयमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ परेको प्रहरीले जनाएको छ ।

  • २३ बैशाख २०८१, आईतवार १६:२३ प्रकाशित