सन्दीपको अर्को पेसी जेठ १ गते

केन्द्रभाग मिडिया

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ । आजको पेसीमा न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित गरिएको थियो ।

आइतबार पेसी तोकिएपनि लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो । सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो ।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो । तर, मुद्दाको सुनवाइ हुनेमा सन्दीपका कानून व्यवसायी ढुक्क थिएनन् ।

  • २३ बैशाख २०८१, आईतवार १६:११ प्रकाशित