जलारी दिदिबहिनी समुहद्वारा उद्घोषण तथा नेतृत्व बिकास तालिम

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा ६ बैदाममा रहेकोे जलारी दिदिबहिनी समुहको आयोजना तथा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको सहयोगमा ३ दिने उद्घोषण, नेतृत्व बिकास तथा माइन्युट लेखन तालीम शनिबारदेखि सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले उद्घाटन गर्दै वडा कार्यलयबाट उपलब्ध सेवा सुबिधालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले वडा भित्रका लक्षित बर्गलाई प्राथमिकता दिई विभिन्न तालिम दिनुका साथै आय आर्जनमा जोड्ने किसिमका तालीम दिइने बताए ।

पोखरा ६ की वडा सदस्य शोभा जलारीले पहिलो पटक जलारी दिदिबहिनीहरुलाई तालिम लिएको धेरै कुरा सिकाउने वताउँदै यस्ता कार्यक्रम नियमित गर्नुपर्ने वताइन् ।

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण बहादुर रानाभाटले तालिममा सिकेको कुरा व्यबहारमा उतार्न सधैं तत्पर हुन अनुरोध गर्दै तालिम नियमित लिइ रहनुपर्ने बताए ।कार्यक्रममा हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारी, फेवा बाराही आमा समुहकी अध्यक्ष सीता जलारी लगायतले वोलेका थिए ।

३ दिन सम्म संचालन हुने उक्त तालिममा स्वतन्त्र पत्रकार संघ कास्कीमा आवद्ध पत्रकारहरु सागर कार्की, कृष्ण रानाभाट, डिल्लीराम काफ्ले, रजनी तामाङ, राधा ढकाल, मदनराज जैसी र अल्चना श्रेष्ठले उद्घोषण कला, नेतृत्व बिकास, माइन्युट लेखन सम्बन्धि तालिम दिने छन् ।

समुहकी अध्यक्ष मीना जलारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहसचिव सम्झना खत्रीले र संचालन सचिव दिपा जलारीले गरेका थिए ।

  • २२ बैशाख २०८१, शनिबार २०:५५ प्रकाशित