महिलालाई धारिलो हतियार प्रहार गर्ने परियार पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

आफ्नो छोरीसंग विवाद गरेको निहुमा २२ वर्षिय महिलालाई धारिलो हतियार प्रहार गर्ने स्याङजाका सोम बहादुर परियारलाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको छ ।

बैैसाख १७ गते राती ८ बजे पोखरा ६ बस्ने २२ वर्षिया महिलालाई धारिलो हतियार छुराले टाउकोमा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले स्याङजा पुतलीबजार २ स्थायी घर भइ हाल पोखरा २ बस्ने ४७ वर्षिय सोम बहादुर परियारलाई वडा प्रहरी कार्यालय बैदामले पोखरा ६ डिहिगोपाटनबाट पक्राउ गरेको हो ।

धारिलो हतियार सहित पक्राउ परेका परियारलाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी वढाइएको कास्कीका निमित्ति सुचना अधिकारी प्रहरी निरीक्षक तिलक माननन्धरले जानकारी दिए ।

  • २० बैशाख २०८१, बिहीबार १९:३२ प्रकाशित