लाटोकोसेरो संरक्षक पोखराका राजु आचार्य बेलायतमा पुरस्कृत

केन्द्रभाग मिडिया

फोटो : पुरस्कृत राजु आचार्यको फेसबुकबाट

पोखरा ।

पोखराका राजु आचार्य बेलायतमा पुरस्कृत भउका छन् । राजुले विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार प्राप्त गरेका हुन् । बेलायती राजकुमारी एनले लन्डनको बुधबार एक कार्यक्रममा आचार्यलाई उक्त पुरस्कार प्रदान गरेकी हुन्। यो पुरस्कार संरक्षण र हरित क्षेत्रको ओस्कार सरह मानिन्छ । पुरस्कारको राशि ५० हजार पाउन्ड छ ।

आचार्य लाटोकोसेरो संरक्षण सक्रिय छन् । आचार्यसँगै विश्वभरका ६ जनाले यो पुरस्कार पाएका छन् । यो वर्ष आचार्यसहित ब्राजिल, भुटान, पपुवा न्युगिनी, क्यामरुन र गुयानाका संरक्षणकर्मीहरूले पनि सो पुरस्कार प्राप्त गरेका छन् ।

पुरस्कार पाएपछि आचार्यले भनेका छन्– ’मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । यो पुरस्कार ती सबै चराको लागि समर्पित छ जो दुर्लभ नभएकै कारण अनुसन्धान र संरक्षणकर्मीको आँखामा परेका छैनन् । बिनास्वार्थ लाटोकोसेरो संरक्षण अभियानमा जोडिएका सबैलाई मुरीमुरी धन्यवाद ।’

‘प्रकृतिका साथीहरू’ संस्थाको कार्यकारी निर्देशक समेत रहेका आचार्यले ३५ वर्षदेखि वन्यजन्तुको अध्ययन र संरक्षणमा योगदान गरेका छन् । १६ वर्षदेखि उनी लाटोकोसेरोको काममा बढी सक्रिय छन् ।

हाल प्रकृतिका साथीहरु संस्थाको कार्यकारी निर्देशक समेत रहेका आचार्यले बिगद ३५ वर्ष देखि वन्यजन्तुको अध्ययन र संरक्षणमा विशेष योगदान गरेका छन् । १६ वर्ष देखि उनी लाटोकोसेरोको काममा बढी सक्रिय छन् । उनको लाटोकोसेरो प्रतिको माया र लगावको कारणले नेपालमा उनले ‘उल्लु सर’ को उपनाम चिनिन्छन् ।

गएको १६ वर्षमा उनी प्रत्यक्ष रूपमा ६० हजार भन्दा मानिसहरू सम्म पुगेर लाटोकोसेरोको महत्वको बारेमा जानकारी गराएका छन् । उनका लाटोकोसेरोका सम्बन्धी ५ वटा पुस्तकहरू प्रकाशित छन् । नेपालबाट विधुतीय रुपमा प्रकाशित हुने लाटोकोसेरो सम्बन्धि पत्रिका हाप्सिलोका सम्पादक समेत हुन् । यसका साथै उनका १ सय २५ भन्दा बढी प्रकृतिसम्बन्धि फिचर लेखहरु प्रकाशित छन् ।

नेपालका ६८ जिल्ला घुमेका उनले हजारौँ बिधार्थीहरुलाई लाटोकोसेरोको संरक्षण गर्न प्रेरित गरेका छन् । नेपालको सबै भन्दा ठुलो संरक्षणको अभियान नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव पनि उनकै नेतृत्वमा ११ वर्ष देखि सञ्चालन हुँदै आएको छ । लाटोकोसेरो बाहेक उनले ब्वाँसो, जंगली चौँरी, हिउँ चितुवा, ध्वाँसे चितुवा, वन कुकुर, साना मांसाहारी, गिद्ध, कालिज, मानव–वन्य जन्तु द्वन्द्व, जैविक विविधता अभिलेखीकरण, वन कार्बन, समुदायमा आधारित प्रकृति संरक्षण, हरित विद्यालय आदिमा समेत काम गरेका छन् ।

नवीन काम गर्न रुची राख्ने आचार्यले अन्य अनुसन्धानकर्मी नपुगेको क्षेत्र तथा प्रजातिको अनुसन्धान र संरक्षणको लागि नेतृत्व गरि रहेका छन् । पश्चिममा हुम्लादेखि पूर्वमा सङ्खुवासभा सम्मका क्षेत्रमा काम गरेका छन् ।

  • २० बैशाख २०८१, बिहीबार १६:०८ प्रकाशित