पोखरा ।
अमेरिकी डलरको भाउ आज (बुधबार) पनि बढेको छ । अमेरिकी डलर हालसम्मकै महँगो बन्दा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो मुद्राको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४५ पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा छ । हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३८ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४७ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ४८ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४९५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ४१ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ४०२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५० पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ४०२ रुपैयाँ १५ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ७३ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।














