वेस्ट इन्डिजले दिएको २१० रनको विशाल लक्ष्य पछ्याउँदै नेपाल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो ।

कुशल मल्ल चार बलमा एक चौकाको मद्दतले केवल चार रन बनाउँदै आउट भए । उनी खराब सट खेल्ने क्रममा क्याच आउट भएका हुन् । उनलाई वेस्ट इन्डिजका बलर फाबियन एलनले कप्तान रोस्टन चेजद्वारा क्याच गराए । ४।५ ओभरमा उनी आउट हुँदा नेपालले ३१ रन बनाएको छ ।

  • २० बैशाख २०८१, बिहीबार १४:४३ प्रकाशित