टी –२० : ‘वेस्ट इन्डिज ए’ सँगको दोस्रो खेलमा नेपाल पराजित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

दोस्रो टी–२० क्रिकेटमा आइतबार घरेलु टोली नेपाल पराजित भएको छ । वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई १० रनले हराएको हो । वेस्ट इन्डिजको जितसँगै पाँच खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । शनिबार खेलिएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङ गर्दै सात विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ५० रनमात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । चौथो नम्बरमा क्रिज समाल्न आएका रोहितले अविजित ७१ रन बनाए । उनले केवल ४८ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए ।

यसअघि शनिबार खेलिएको पहिलो खेलमा पनि रोहितले शतक प्रहार गरेका थिए । आइतबारको खेलमा कप्तान रोहितलाई अन्य ब्याट्सम्यानले गतिलो साथ दिएनन् । गुलसन झाले २६ रन बनाउँदै कप्तान रोहितलाई केही हदसम्म साथ दिने प्रयास गरेका थिए ।

  • १६ बैशाख २०८१, आईतवार १६:४३ प्रकाशित