राष्ट्रिय माविको हीरक महोत्सव : हीरक सडक दौड प्रतियोगिता हुने

केन्द्रभाग मिडिया

पोखरा ।

वि.सं २००६ साल मंसिर २० गते तत्कालिन पोखरा पब्लिक मिडिल स्कुलको नामले स्थापित गण्डकी प्रदेशकै ऐतिहासिक शैक्षिक धरोहर राष्ट्रिय माध्यमिक विद्यालयले गत २०८० साल मंसिर २० गते ७५ औं वर्षमा पदार्पण गरेसँगै हीरक वर्ष मनाइरहेको छ ।

यही २०८१ साल वैशाख ८ गते हीरक महोत्सवका २२ वटा कार्यक्रम मध्ये एघारौ कार्यक्रमको रुपमा वृहत पुनर्मिलन कार्यक्रम गरिसकेको छ । आगामी २०८१ साल वैशाख २९ गते शनिवारका दिन १२ औं कार्यक्रमको रुपमा विद्यालय स्तरीय (कक्षा १० सम्म) ५ किलोमिटर छात्र-छात्रा सडक दौड प्रतियोगिता गर्दै छ ।

सोका लागि खेलकुद उप–समितिका संयोजक पूर्व विद्यार्थी तेज वहादुर गुरुङको संयोजकत्वमा यही २०८१ वैशाख ११ र १४ गते दुईपटक उपसमितिको वैठक बसिसकेको छ । प्रथम उपसमितिको वैठकले प्रतियोगितालाई सम्पन्न गर्न १० ओटा सहयोग उपसमिति निर्माण गरेको छ ।

आर्थिकमा राजु के.सी, जलपानमा वरुणविक्रम राणा, प्रचारप्रसारमा नारायण चापागाईँ, प्रविधिमा विद्या मर्सानी, पदक तथा प्रमाण प्रत्रमा रमेशकुमार श्रेष्ठ, समारोहमा विष्णुकुमाार गुरुङ स्वयम सेवक परिचालनमा सोमनाथ सुवेदी, सुरक्षा समन्वयमा जुम प्रसाद गुरुङ प्रथामिक उपचारमा अनिष गुरुङ र दर्ता-रजिष्ट्रेशनमा कुलप्रसाद पौडेलको संयोजक रहेका छन् ।

यही २०८१ साल वैशाख २९ गते शनिवारका दिन हुने सडक दौड प्रतियोगितामा प्रथम द्वितीय, तृतीय हुन सफल छात्र-छात्रालाई क्रमश ७ हजारर ५ हजार,३ हजार नगद सहित पदक र प्रमाण प्रदान गरिने छ । सडक दौड विद्यालय गेटबाट सुरु भई हरिचोक, विन्ध्यवासिनी, वागलुङ वसपार्क, भीमसेन टोल, ज्ञानुभुमि स्कुल चोक, क्याम्पस गेट, सिमपानी चोक, हरिचोक हुर्दै विद्यालय गेटमा आएर समाप्त हुनेछ ।

२०८१ साल वैशाख १४ गते बसेको खेलकुद उपसमितिको वैठकमा विभिन्न सहयोग समितिका काम कर्तव्य र अधिकार सम्बन्धमा कार्यक्रमका संयोजक तेज वहादुर गुरुङद्वारा व्याख्या गरिएको थियो । उक्त वैठकमा गठित विभिन्न सहयोग उपसमितिका संयोजकहरुले आफ्ना राय र सुझाव प्रस्तुत गरेका थिए भने हीरक महोत्सव मूल आयोजक समितिका अध्यक्ष राम विक्रम राणा, सल्लाहकार संयोजक १ नं वडा का अध्यक्ष साहारा प्रधान, शिक्षक अभिभावक संघका अध्यक्ष रमेशप्रसाद पौडेलले आफ्ना विचार राखेका थिए ।

वैठक संचालन विल्द्यालयका प्र.अ ईश्वरी प्रसाद सापकोटाद्वारा सञ्चालन गरिएको थियो । हीरक महोत्सव प्रचार प्रसार उप–समितिका संयोजक नारायणप्रसाद चापागाईँले उक्त खेलकुद उपसमितिकै संयोजकत्वमा २०८१ साल असोजमा विद्यालय स्तरीय परमपरागत ठेलो प्रतियोगिता र छात्र÷छात्रा भलिबल हुने जानकारी दिएका थिए

  • १६ बैशाख २०८१, आईतवार ११:०५ प्रकाशित