आज वैशाख १२ : गोरखा महाभूकम्पको ९ वर्ष पुरा

केन्द्रभाग मिडिया

भुकम्पपछि रुप फेरिएको बारपाक

गोरखा ।

आज वैशाख १२ गते ।९ वर्षअघि आजकै दिन गोरखाको बारपाक केन्द्र बनाई महाभुकम्प गएको थियो ।

वि।सं। २०७२ साल बैशाख १२ गते शनिबार ११ः५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाई गएको ७.८ म्याग्निच्यूटको महाभूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो । गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, र उपत्यकाका तीन वटै जिल्लामा नराम्रोसँग क्षति पुग्यो ।

आज सोही भूकम्प गएको ९ वर्ष पूरा भएको छ । करिब १५ सय भन्दा बढी घरधुरी, अधिकांश मानिसहरू बेलायती सेना र भारतीय सेनामा कार्यरत, मानिस नै अलमल पर्ने बाक्लो बस्ती, डुङ्गाले छाएको घर, बाटो भरि ढुङ्गा बिछ्याइको सुन्दर गाउँको रूपमा परिचित बारपाक २०७२ सालको भूकम्पपछि भने फेरिएको छ ।

सो महाभूकम्पको केन्द्रबिन्दु रहेको बारपाकको अहिले मौलिकता मासिएको छ । आजभोलि बारपाक घुम्न विभिन्न जिल्ला र विभिन्न देशबाट मानिसहरू जाने गर्दछन् । सडक सञ्जालले जोडिएको र सुविधा सम्पन्न होटलहरु खुलेकाले बारपाक आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ ।

  • १२ बैशाख २०८१, बुधबार ०९:१६ प्रकाशित