हीरक महोत्सव अन्तर्गत ५ कि.मि. छात्र/छात्रा सडक दौड हुने

केन्द्रभाग मिडिया

पोखरा । पोखराको टुंडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले हीरक महोत्सव २०८० को अवसर पारी ५ कि.मि. छात्र/छात्रा सडक दौड प्रतियोगिता गर्ने भएको छ । वि.सं २००६ मंसिर २० गते तत्कालिन पोखरा पब्लिक मिडिल स्कुलको नामले स्थापित विद्यालयले २०८० मंसिर २० गते ७५ औं वर्ष प्रवेशको अवसर पारी २०८०/८१ लाई हीरक महोत्सव वर्षको रुपमा वर्ष भरीनै विविध कार्यक्रम गर्दै आइरहेकोमा आगामी वैशाख २९ गते ५ कि.मि. छात्रछात्रा सडक दौड प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक तेज बहादुर गुरुङले जानकारी दिए ।

 

दौडमा छात्र छात्रा दुवैतर्फ प्रथम हुनेले नगद ७ हजार, पदक र प्रमाणपत्र, द्धितिय हुनेले नगद ५ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन । सडक दौडमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले भाग लिन सक्ने र उनीहरुले वैशाख २७ गते बेलुकी पाँच बजे सम्म दर्ता गराइसक्नुपर्ने छ । इमेल मार्फत पनि नाम दर्ता गराउने सक्ने छ त्यसका लागी [email protected] मा दर्ता गराउन सक्नेछन भने नाम दर्ताका लागी कुनैपनि शुल्क लाग्ने छैन ।

 

राष्ट्रिय मा.वि.को प्राङगण हरिचोकबाट शुरु हुने दौड प्रतियोगिता हरिचोकबाट बिन्दबासिनी मन्दिर, बाग्लुङ बसपार्क, भिमसेन मन्दिर, ज्ञानभुमि स्कुल, बालमन्दिर मावि, पिएन क्याम्पस, भीमकालीपाटन हुदै सिमपानीचोक पुगेर पुन हरिचोकमा पुग्नुपर्नेछ ।

  • ११ बैशाख २०८१, मंगलवार १९:०८ प्रकाशित