एसीसी प्रिमियर कप क्रिकेट :  कतार विरुद्ध ब्याटिङ गर्दैै नेपाल

केन्द्रभाग मिडिया

पोखरा ।

एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल कतारसंग खेल्दैछ । नेपालले कतारसंग पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । ओमानको अल अमिरातमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

हिजो शुक्रवारदेखि शुरु भएको प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हरायो । त्यस्तै प्रतियोगितामा ओमानसहित यूएई र हङकङले पनि विजयी शुरुवात गरेका छन् । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।

यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

  • १ बैशाख २०८१, शनिबार १६:१८ प्रकाशित