एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसिया ५ विकेटले पराजित

केन्द्रभाग मिडिया

पोखरा ।

एसीसी प्रिमियर कपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । ओमानले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले ४ बल अगावै ५ विकेटको क्षतिमा भेट्टाएको हो । नेपालका लागि सन्दिप जोरा १२ र गुल्सन झा १९ रनमा नटआउट रहे ।

ओपनर कुशल भुर्तेल २४ रन बनाउँदा पवनदिप सिंहको बलमा एलबीडब्लु धरापमा परे । अर्का ओपनर आशिफ शेख ३२ रन बनाउँदा विरनदिप कै बलमा विकेटकिपरको हातबाट आउट भए । कप्तान रोहित पौडेल ३२ रन बनाउँदा क्याच आउट नै हुन पुगे । २६ बलमा १ चौका र १ छक्का हानेका रोहित विरनदिप कै बलमा क्याच आउट भएका हुन् । दिपेन्द्र सिंह ऐरि १५ र कुशल मल्ल ७ रनमा क्याच आउट भए ।

नेपालका लागि मलेसियाका विरनदिप घातक बन्न पुगे । उनले ३ विकेट लिए। पवनदिप सिंह र मुहम्म्द वाफिकले समान एक विकेट आफ्नो नाममा गरे । त्यसअघि ओमानको अल अमरेतस्थित टर्फ १ मा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४३ रनको योगफल तयार पारेको थियो ।

दोस्रो विकेटका लागि कप्तान विरनदिप सिंह र सर्भिन मुनियान्डेले ८२ रनको साझेदारी गरे। ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरेका सर्भिन ४१ रन बनाउँदा अभिनास बोहोराको बलमा बोल्ड आउट भए ।

अर्का ओपनर मोहम्मद अमिर ३६ रन बनाउँदा क्याच आउट भए । सैयद अजिज ६ रन बनाएर पेभेलियन फर्के । कप्तान विरनदिप ७२ र नाज्मुस सकिव ८ रनमा नटआउट रहे। विरनदिपले ५५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। नेपालका लागि दिपेन्द्र सिंह ऐरिले २ तथा अविनास बोहोराले एक विकेट लिए । नेपालले आफ्नो दोस्रो खेलमा शनिबार कतारसँग खेल्ने छ ।

  • ३० चैत्र २०८०, शुक्रबार २०:२४ प्रकाशित