गायक राजेशपायल राईसहित तीन कलाकार पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

गायक राजेशपायल राई पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा उनीसहित तीनजना कलाकार पक्राउ परेका हुन् ।

गएराति काठमाडौंको थापागाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौका एक अधिकृतले जानकारी दिए  ।

मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ  ।

  • २२ चैत्र २०८०, बिहीबार ०८:२८ प्रकाशित