पोखरा २८ ठुलाकोटमा अक्षरयात्रा

केन्द्रभाग मिडिया

पोखरा । गजल सन्ध्या र नवनित साहित्य सागरको आयोजनामा सन्चालन हुँदै आएको अक्षरयात्राको २ सय ९ औ श्रृङखला पोखरा महानगरपालीका वडा न २८ ठुलाकोटमा सम्पन्न भएको छ । लायन्स क्लव अफ पोखरा कालीका भ्यु टाउनको स्थानिय समन्वयमा भएको कार्यक्रम गजल सन्ध्या पोखराका अध्यक्ष मन क्षत्री र लायन्स क्लव अफ पोखरा कालीका भ्यु टाउनको अध्यक्ष दिनेशबाबू खड्काको सम्युक्त अध्यक्षतमा सम्पन्न भएको छ ।

हरेक महिनाको तेस्रो शनिवार सन्चालन हुने अक्षरयात्रा कार्यक्रममा रचनाकारहरु सोही स्थानमा पुगी रचना सृजना गरी वाचन गरीन्छ । कवि अमृत क्षत्रीले ठुलाकोटमा लेखेको नगरबस र यात्रा शिर्षकको कविताको अन्तिममा यसरी प्रस्तुत गरे ठुलाकोटलाइ ।नगर बस नगर छोडी उक्लिएको छ ठुलाकोट नगरमा चिसो चिसो फेरि चिसो बतासले गुराँसको रङ उडाएर आँखा पोत्छ एता बेगनास उता काँहु उता उता पर्यटक राजधानी यता चिसो हिउँदे बतास कम्ता दिल खुस ।। हाव ! सोल्टिनी बा आमा, आफन्त, साथीभाइका आँखा छलेर हामी कहिल्यै आएका रहेनछौ यो दिल बहलाउने ठुलाकोट ।। यो पाली अक्षरयात्रा अर्को पाली हाम्रो निजियात्रा हगि त !

पोखरा महानगरपालिका वडा न २८ मा अवस्थित ठुलाकोट बाट कास्कीको विभिन्न स्थान दृश्यावलोकन गर्न सकिन्छ भने ठुलाकोट कुलमण्डल शाहका साइला छोरा चैतु शाहले राज्य गरेको स्थानको रुपमा प्रचलित छ। कार्यक्रम सम्योजक लक्ष्मण तिमिल्सिनाले स्वागत गर्दै मुक्तक सुनाएर रचनावाचन सुरुवात गरिएको थियो । –उज्यालो सङ्गै अँध्यारो खोजेर आयो जसरी माउले चारो खोजेर आयो । अब आमा सङ्ग उस्को गुनासो छैन , छोरोले पटुकिमा अप्ठ्यारो खोजेर आयो ।। मुक्तक मन्चका पोखराका उपाध्यक्ष श्रीराम अधिकारी गोर्जेको मुक्तक –पदबाट तल झर्ने कोही हुदो रैन्छ ्र अरुको निम्ति मर्ने कोही हुदो रैन्छ ्र अपराधीहरू नै यहाँ न्यायाधीश छन , यिनलाई कारवाही गर्ने कोही हुदो रैन्छ ।रचनावाचन कार्यक्रम गजल सन्ध्या पोखराका कोषाध्यक्ष बिष्णु सुवेदीले सन्चालन गरेका थिए ।

  • १७ चैत्र २०८०, शनिबार १८:२१ प्रकाशित