होली खेल्ने क्रममा झडप हुँदा ललितपुरमा २ जनाको मृत्यु १८ पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं । होली खेल्ने क्रममा झडप हुँदा ललितपुरमा दुई जनाको मृत्यु भएको छ ।आइतबार राति ललितपुरको धोलाहिटीमा मदिरा सेवन गरेको एक समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर घर भइ धोलाहिटी बस्ने २८ वर्षिय रोबस राइ र सुनसरी घर भइ धोलाहिटी बस्ने ३० वर्षिय पुजन राइको मृत्यु भएको हो ।

पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ । उनीहरू दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराजसुवेदीले बताए ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

  • १२ चैत्र २०८०, सोमबार ०८:१८ प्रकाशित