एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेले इलाम–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा स्व. सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतवार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त बनेको हो ।

सो क्षेत्रमा आगामी १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । कानून व्यवसायीका रुपमा कार्यरत सुहाङले यसअघि नै निर्वाचनका लागि आफ्नो गतिविधिलाई अघि बढाइ सकेका छन् । बैठकले बझाङ प्रदेश–१ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।

दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

  • ११ चैत्र २०८०, आईतवार १७:०२ प्रकाशित