किरा फट्यांग्रामा चरा आकर्षित हुँदा पोखरा विमानस्थल चार घण्टा प्रभावित

केन्द्रभाग मिडिया

पोखरा ।
किरा फट्याङ्रा निस्केर त्यसमा चरा आकर्षित हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । विहान ८ बजे देखि अहिलेसम्म विमानस्थलमा किरा फट्याङ्रा निस्केका र त्यसमा चरा आकर्षित भएका कारण रनवे क्लियर गर्न नपाउँदा उडान अवतरण प्रभावित बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी निमित्त प्रमुख जसोदा सुवेदीले जानकारी दिइन् ।

जसका कारण काठमाडौं बाट पोखरा आएका दुई विमान ल्यान्ड हुन नसकेर फर्किएको उनले बताइन् । ‘बिहान ८ बजेपछि अहिलेसम्म विमानस्थलको धावनमार्ग (रनवे) मा चरा र किरा फटेङ्ग्राहरु देखिएपछि बिहानदेखि कुनै पनि विमान उडान अवतरण सकेका छैनन् । अब भने रनवे क्लियर भएको छ । अब भने उडान उडान अवतरण हुन्छ’ उनले भनिन् ।

सुवेदीका अनुसार विमानस्थलको धावनमार्ग रातो खालको किरा र धमिराहरू निस्किएका हुन् । हिजो अस्तीबाट पानी परेका कारण किराहरु बढेका उनले बताइन् ।

एउटा बुद्ध र एउटा यतीको विमान काठमाडौँ फर्किएका र अर्को बुद्धको विमान आकाशमै होल्ड गरिएको प्रमुख जसोदा सुवेदीले जानकारी दिइन् । बुद्ध र यति एयरका दुई जहाज पोखरामा ल्यान्ड हुन नसक्दा काठमाडौँ फर्किएका छन् ।

 

 

  • ११ चैत्र २०८०, आईतवार १२:०९ प्रकाशित