कांग्रेसको प्रमुख नीति सुशासन स्थापना गर्नु हो : उपसभापति खड्का

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने बताएका छन् । मंगलबार पार्टीको महासमिति बैठकमा पार्टीको नीतिगत प्रतिबद्धता प्रस्तुत त गर्दै उपसभापति खड्काले देशमा देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्नु नेपाली कांग्रेसको प्रमुख नीति भएको बताएका हुन् ।

उनले सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई नेपाली कांग्रेसले मूल नीतिको रूपमा स्वीकार गर्ने बताए । उनले समाजमा असमानता बढाउने प्रमुख कारक कुशासन र भ्रष्टाचार भएको भन्दै समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक भएको बताए । उनले कांग्रेसले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताका साथ अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र सङ्कल्प गर्ने स्पष्ट पारे ।

  • ८ फाल्गुन २०८०, मंगलवार १६:५९ प्रकाशित