अर्थमन्त्री भन्छन्, ‘बिग्रिएको अर्थतन्त्र म आएर सुधारेँ’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

अर्थमन्त्री डा . प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्रलाई आफूले सुधारेको दाबी गरेका छन् ।

गोदावरीमा जारी महासमितिको बैठकमा उनले पेस गरेको प्रतिवेदनमा आफूले अर्थमन्त्रालय सम्हालेपश्चात खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको बाह्य क्षेत्रलगायतको सुधार भएको जिकिर गरेका छन् ।डा.महतले गत वर्ष २०७९ चैत १७ गते अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए ।

‘नेपाली कांग्रेसको तर्फबाट वर्तमान गठवन्धन सरकारमा प्रतिनिधित्व गरी हामी सरकारमा समावेश हुँदा र मैले अर्थमन्त्रीको रूपमा कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन् । मैले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका अधिकांश विषयहरु कार्यान्वयनका क्रममा छन् ।’

  • ८ फाल्गुन २०८०, मंगलवार १५:४० प्रकाशित