कांग्रेसको आर्थिक प्रतिवेदन : पार्टी घाटामा 

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसमा आम्दानीभन्दा खर्च धेरै भइरहेको पाइएको छ ।

महासमितिको बैठकमा केन्द्रीय लेखा समिति संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७९/८० मा ३ करोड ६४ लाख ७६ हजार १९७ आम्दानी हुँदा ७ करोड ९९ लाख ९५ हजार १२१ खर्च भएको छ ।यस्तै, आर्थिक वर्ष ०७८/७९ मा १४ करोड ८९ लाख ९४ हजार ८७ आम्दानी हुँदा १७ करोड ९० लाख ७८ हजार २२२ खर्च भएको छ ।

कांग्रेसको आम्दानी सदस्यता नवीकरण, लेवी शुल्क चन्दा सहयोग नै प्रमुख देखिएको छ । तर, घाटामा रहेको कांग्रेसमा पछिल्लो समय चन्दा पनि घटेको छ । प्रतिवेदन अनुसार ०७८/७९ मा ६ करोड ६८ लाख २४ हजार सहयोग भएकोमा पछिल्लो आवमा २ करोड ६५ लाख ६४ हजार ५७७ मात्रै चन्दा संकलन भएको बताइएको छ ।

  • ८ फाल्गुन २०८०, मंगलवार १४:५५ प्रकाशित