एटीएम मेसिन फोर्दै गरेको अवस्थामा पोखराबाट एक युवा पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

एटीएम मेसिन फोर्दैगरेको अवस्थामा पोखराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पोखरा ५ जिरोकिलोमिटरमा एनएमबी बैंक एटीएम मेशिनमा पैसा चोरी गर्ने उद्देश्यले तोडफोड गर्दै गरेको अवस्थामा पोखरा १७ का राजकुमार भन्ने २७ वर्षीय टिकाराम पौडेललाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिएका हुन् ।

उनका अनुसार वडा प्रहरी कार्यलय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ गरेका पौडेललाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

  • १५ माघ २०८०, सोमबार १९:०३ प्रकाशित