ठगी

पोखरामा क्यानडा पठाईदिन्छु भन्दै ठग्ने ६ जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

क्यानडा पठाईदिन्छु भन्दै ठग्ने ६ जना पोखराबाट पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोकमा रहेको एक होटलमा क्यानडा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभन देखाई अन्तर्वार्ता लिने दुई विदेशी सहित ६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालका वडा नं. १३ पाटनवेशी बस्ने वर्ष ६५ की पार्वती सुनार, पोखरा महानगरपालिका वडा नम्बर ९ महेन्द्रपुल बस्ने वर्ष ३७ की रिता सुनार, स्याङ्जा फेदिखोला गा.पा. वडा नं.३ बस्ने वर्ष ३२ की सिमा सुनार, काठमाण्डौँ १४ कलंकी बस्ने वर्ष ३८ का प्रदिप उपाध्याय, क्यानडा अलवर्ट राज्य क्यालगोरी सिटी बस्ने वर्ष ४५ का राकेश जैसवाल र भारत मध्य प्रदेश भोपालका वर्ष ३२ का ईस्मित कौर रहेको प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

अन्तरर्वाताका लागि विभिन्न व्यक्तिलाई बोलाएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा १० बुद्धचोकको एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पोखरा १३ पाटनबेशीकी ६५ बर्षीय पार्वती सुनार समेतले मेरो छोरी क्यानडामा छ सिधै क्यानडाको भिषा निकालि दिन्छु, राम्रो काममा लगाईदिन्छु, भनि झन्डै ५०, ६० जना व्यक्तिहरुसँग पैसा उठाएर अन्तर्वाता लिएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले बताए ।

पक्राउ पर्नेमा चार जना नेपाली, १ भारती र १ जना क्यानेडीयन नागरिक रहेको प्रवक्ता वि.कले जानकारी दिए । उनीहरुले क्यानडा जानको लागि प्रतिव्यक्ति ३० लाख लाग्ने र उक्त रकम अन्तर्वाता पास भए पछी दिनु पर्ने बताएका थिए ।

उनीहरुले अन्तर्वार्ताको लागि प्रतिव्यक्ति २ हजार लिएको विकले बताए । पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दमा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको उनले बताए ।

  • ११ माघ २०८०, बिहीबार १०:१७ प्रकाशित