इच्छाराज तामाङ दम्पती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

केन्द्रभाग मिडिया

काठमाडौं ।
पूर्व सांसद इच्छाराज तामाङ दम्पती सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलास आइतबार संविधानसभा सदस्य तामाङ र उनकी पत्नी सिर्जना शाक्य तामाङलाई दोषी ठहर गरेको हो ।

सोही मुद्दामा तामाङ दम्पतीबाहेक थप २ जना पनि दोषी ठहर भएको विशेष अदालतका उपरजिस्टार धनबहादुर कार्कीले जानकारी दिए ।

यो मुद्दाको कसुर निर्धारणका लागि यही माघ २१ गते इजलास तोकिएको छ । उनीहरुविरुद्ध सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर भएको थियो । तामाङ दोस्रो संविधानसभामा एमालेको तर्फबाट सांसदसमेत भएका थिए

  • ८ माघ २०८०, सोमबार ०२:१३ प्रकाशित