एक वर्षमा १६ लाख बढी विदेसिए

केन्द्रभाग मिडिया

काठमाडौँ ।

एक वर्षमा १६ लाख भन्दा धेरै नेपाली बिदेसिएका छन् । अध्यागमन विभागका अनुसार वैदेशिक रोजगारीसहित विभिन्न प्रयोजनका लागि सन् २०२३ को १२ महिनाको अवधिमा १६ लाख ३ हजार ८३६ जना बिदेसिएका हुन् ।

विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि ७ लाख २३ हजार ७८९ जना पुरुष र ८४ हजार ६०४ जना महिला गरी कुल ८ लाख ८ हजार ४१५ जना गएका छन् ।

त्यसपछि दोस्रो नम्बरमा पर्यटक भिसामा २ लाख ४ हजार ५१८ जना विदेशसिएका छन् । भने पारिवारिक प्रयोजनका लागि १ लाख ६७ हजार ४८५ जना बिदेसिएका छन् ।

यस्तै वैदेशिक अध्ययनका लागि एक वर्षको अवधिमा १ लाख ८ हजार ५४२ जना बिदेसिँएका छन् ।

यसै गरी अस्थायी आवासीय भ्रमणमा ९२ हजार ३४९ जना बिदेसीएको तथ्यांकले देखाएको छ । यस्तै स्थायी आवासीयतर्फ कुल ७० हजार ९१५ जना विमानस्थल हुँदै बाहिरिएको विभागले सोमबार जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै कन्फ्रेन्स, सेमिनार र तालिममा २४ हजार २६३ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना र उपचारमा समेत १९ हजार जना भन्दा बढी बाहिरिएका छन् । विभागका अनुसार उपचारका लागि पुरुष १० हजार ६९५ जना र महिला ८ हजार ८०९ जना गरी कुल १९ हजार ५०९ जना विभिन्न देशमा उपचारका लागि गएका हुन् ।

यसै गरी व्यापारका लागि १८ हजार ९६४, अफिसियल भिजिटका लागि १६ हजार १११, वैदेशिक रोजगारीकै लागि तर वर्क पर्मिट लिन नपर्नेहरू पनि ८ हजार ८६ जना त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै युएन मिसनमा ६ हजार ५८, खेलकुद गतिविधिमा ३ हजार ६५३, कन्सर्ट तथा कार्यक्रममा ३ हजार ६५३ र अन्य ३२ हजार भन्दा धेरै बिदेसिएको तथ्याङ्कमा उल्लेख छ ।

  • २४ पुष २०८०, मंगलवार १३:४२ प्रकाशित