आज पाँच संसदीय समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा नेपाल विद्युत प्राधिकरणबाट वितरित ट्रंक र डेडिकेटेड लाइनका सन्दर्भ, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारत सरकारबीच भएको १० हजार मेघावाट विद्युत व्यापार सहमतिको अवस्था र महाकाली सन्धी र सो सन्धीको प्रावधानले श्रृजित पञ्चेश्वर जस्ता परियोजनाको हालको अवस्थाका बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विभिन्न सरोकारवाला समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा सोह्रौं पञ्‍चवर्षीय योजनाको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रशासनिक संघीयता सम्बन्धमा भए गरेका कामकारवाही, वर्तमान अवस्था र समस्या एवं चुनौति, संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको ९९ बुँदे सिफारीसमध्ये मन्त्रालयसँग सम्बन्धित सिफारीस कार्यान्वयन अवस्थाका बारेमा छलफल हुनेछ ।

  • २४ पुष २०८०, मंगलवार ०९:३६ प्रकाशित