पोखराबाट जुवा खेल्दै गरेका ८ जना १ लाख ३६ हजार रुपैयाँसहित पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

कास्की प्रहरीले एक लाख ३५ हजार ९८५ रुपैयाँसहित जुवा खेल्दै गरेका ८ जनालाई पक्राउ गरेको छ । २१ गते शनिबार साँझ ६ बजे  पोखरा १२ चापापानी स्थित एक घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए ।

मैत कुमारी गुरुङले जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिइ गएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रवक्ता विकले बताए ।

पक्राउ पर्नेमा पोखरा १० रामबजार बस्ने ५० वर्षीया पञ्च माया गुरुङ, पोखरा ३०का ४० वर्षीय गोपी गुरुङ, पोखरा १२ फुलबारी बस्ने ५२ वर्षीया पुर्णिमा गुरुङ, पोखरा १६ दिप बस्ने ४६ वर्षीया रुपा गुरुङ, पोखरा १३ बस्ने ५२ वर्षीया देवी बहादुर गुरुङ पो्खरा १२ फुलबारी बस्ने ४१ वर्षीय धुत प्रसाद गुरुङ, पोखरा १२ चापापानी ५२ वर्षीया मैत कुमारी गुरुङ र मकवानपुरको हेटौडा घर भई हाल पोखरा ११ रानीपौवा बस्ने ५५ वर्षीया कृष्ण मायाँ थापा रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

  • २३ पुष २०८०, सोमबार ०८:५७ प्रकाशित