नेपाली युवतीलाई दिल्ली पुर्याएर यौनधन्दामा लगाउने स्याङजाका एक दम्पती पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरीले दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक दम्पतिलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी छिन् ।

प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले भारत पु¥याएका _युवतीलाई ७ चैत २०७९ मा उद्दार गरेर नेपाल ल्याएको थियो । प्रहरीका अनुसार, भण्डारी दम्पतीले आकर्षक तलब सुविधाको प्रलोभन देखाएर नेपाली युवतीलाई भारत लैजाने गरेका थिए ।

दिल्लीमा किसनगढमा एक अपार्टमेन्ट भाडामा लिएर वेबसाइटमार्फत विज्ञापन गरेर यौनधन्दा चलाउने गरेको प्रहरीको दाबी छ ।

‘त्यसका लागि ह्वाट्स एप ग्रुप बनाएर सम्पर्कमा आएका ग्राहकहरुले अनलाइन भुक्तानी गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीलाई पठाउने गरेको खुलेको छ ब्यूरोका एसपी कृष्णप्रसाद पंगेनीले बताएका छन् । प्रहरीको अनुसार वेश्यावृत्तिका लागि भाडामा लिएको अपार्टमेन्टमा सीसी क्यामरा जडान गर्नुको साथै पीडितहरुलाई नयाँ मोबाइल, भारतीय सीमकार्ड पनि उपलब्ध गराएर नयाँ आईडी बनाएर आफूले पनि निगरानी गर्ने गरेको देखिएको छ ।

वेश्यावृत्तिबाट भएको कमाइको २० प्रशित रकम युवतीहरुलाई दिएर ८० प्रतिशत उनीहरुले राख्ने गरेको एसपी पंगेनी बताउँछन् । यो दम्पतीविरुद्ध ०७९ चैतमा पनि ६ वटा मुद्धा दर्ता भएका थिए ।

  • १६ पुष २०८०, सोमबार १६:४६ प्रकाशित