कांग्रेस केन्द्रिय समिति बैठक :अवसर नपाएकालाई राष्ट्रिय सभा उम्मेदवार बनाउन जोड

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले निकट भविष्यमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यसअघि अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका छन् ।

बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन बोल्ने केन्द्रीय सदस्यहरूले न्याय दिने हिसाबले मात्र उम्मेदवार बनाउनुपर्ने धारणा राखेका हुन् । त्यस्तै पार्टी संगठनमा देखिएको समस्या लगायतमा पनि नेताहरूले धारणा राखेका छन् ।

‘राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोट गर्दा कम्तीमा पार्टीले सबैलाई न्याय गरोस्, कसैलाई एउटै व्यक्तिलाई दोहोर्‍याउने र कसैले कहिल्यै अवसर नपाउने स्थिति नबनोस्, पार्टीले खोजेर भएपनि न्याय गरोस् भन्ने केन्द्रीय सदस्यहरूको वक्ताहरूको धारणा रहेको छ’, प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा पाँच वटा विषयमा छलफल चलिरहेको नेता विश्वकर्माले जानकारी दिए । पहिलो दिन स्वास्थ्य मन्त्रीले आफूले गरेका कामकारबाहीबारे बैठकमा जानकारी गराएका थिए ।

  • १२ पुष २०८०, बिहीबार १६:५६ प्रकाशित