ब्राह्मण समाज पोखरा १ को अध्यक्षमा पराजुली

केन्द्रभाग मिडिया

पोखरा ।

ब्राह्मण समाज नेपाल वडा ईकाई समिति पोखरा १ को अध्यक्षमा माधवप्रसाद पराजुली चयन भएका छन् ।

समाजको सम्पन्न तेस्रो साधारण सभा एंव अधिवेशनले पराजुलीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । पराजुली दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन ।

अधिवेशनले समितिको उपाध्यक्षमा रुद्र सुवेदी, सचिवमा कृष्ण सुवेदी, सहसचिवमा नारायणी सुवेदी, कोषाध्यक्षमा रामजी पौडेल सगै सदस्यहरुमा कल्पना (रोजी) पराजुली, लक्ष्मी शर्मा, कृष्ण प्रसाद बास्तोला, उमा कोईराला, सिता पराजुली र विष्णु पौडेललाई चयन गर्‍यो ।

यसै गरि नगर प्रतिनिधिमा विजया अधिकारी, संगीता पौडेल, प्रतापराम पराजुली, दामोदर रिमाल र कल्पना बास्तोल चयन भएका छन् । अधिवेशनले जिल्ला प्रतिनिधिमा राजेन्द्ररमण पराजुली, रामजी अधिकारी, राधा वराल अधिकारी, कल्पना बास्तोला र राम प्रसाद अधिकारीलाई चयन गरेको छ । यस अघि साधारण सभा एंव अधिवेशनको ब्राह्मण समाज नेपालका उपाध्यक्ष महेश पराजुलीले उद्घाटन गरेका थिए ।

  • १० पुष २०८०, मंगलवार ०९:१७ प्रकाशित