राष्ट्रपति भवन अगाडिबाट कृष्ण पहाडीसहित ११ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका ११ जना पक्राउ परेका छन् ।

राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबि गर्न माग गर्दै प्रदर्शनको विरोध गर्दा उनीहरूलाई प्रहरीले शीतल निवासबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनीरहेका छन् ।

उनीहरूले शीतल निवास अगाडि राष्ट्रपति महोदयः न्यायको सार्वभौम मान्यता विपरित माफी मिनाहाको घोषणा किन रु, लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउनेरु, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, हत्या हिंसा महिमामंडन गर्न पाइदैँन, हत्यालगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन’ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

पक्राउ परेका ११ जनालाई गिरफ्तार गरि प्रहरी वृत्त महाराजगञ्जमामा राखेको प्रहरीले जनाएको छ ।शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध केन्द्रीत रहि असोज २१ गते देखि देशव्यापी अभियान प्रारम्भ गरेको छ

  • २२ आश्विन २०८०, सोमबार १६:१२ प्रकाशित